इतिहासमा अमेरिका र भारत अहिले जस्तो नजिक कहिल्यै थिएनन् : बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र भारत इतिहासमा अहिले सबैभन्दा शक्तिशाली, नजिक र गतिशील भएको बताएका छन्।

अमेरिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्दै बाइडेनले यस्तो बताएका छन्।

सामाजिक सञ्जालमा बाइडेनले मोदीले हरेक पटक भेट गर्दा फरक मुद्दामा सहकार्य गर्न तयार हुने बताएका छन्।

भेटपछि मोदीले भेट उपलब्धिमूलक भएको भन्दै बाइडेनलाई निम्तोको लागि धन्यवाद दिएका छन्।

सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘हामीले भेटको अवसरमा क्षेत्रीय र विश्व मुद्दामा छलफल गर्‍यौं।’

Comments

One response to “इतिहासमा अमेरिका र भारत अहिले जस्तो नजिक कहिल्यै थिएनन् : बाइडेन”

  1. bharat kumar thapa Avatar

    हामी नेपालीलाई यसले हानी पुराउछ यो कुटनैतिक हमला हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *