मलाई हटाउँदा विश्वको ध्यान तानियो, बेलायतले प्रधानमन्त्रीभन्दा माथि भन्दै पत्र पठायो- प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्रीबाट हटाउँदा विश्वको ध्यान तानिएको दाबी गरेका छन् ।

माओवादी केन्द्रको चितवन-काठमाडौं समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्व समुदायले आफूलाई यति चाँडै प्रधानमन्त्रीबाट हटाइन्छ भन्ने नै नठानेको बताए ।

 

उनले भने, ‘म यति छिटो प्रधानमन्त्रीबाट हटाइन्छ भन्ने विश्वले ठानेको थिएन । हुन त भन्दा बढी भनेको सुनिन्छ होला, मलाई यसरी प्रधानमन्त्रीबाट हटाउँदा विश्वको ध्यानाकर्षण भएको छ ।’

प्रचण्डले आफू प्रधानमन्त्रीबाट बाहिरिएपछि बेलायतका राजदूतले प्रधानमन्त्रीलाई दिनुपर्ने पत्र आफूलाई दिएको बताए ।

उनले प्रधानमन्त्री नभए पनि प्रधानमन्त्रीको हैसियतभन्दा माथिको मान्छे भन्दै आफूलाई पत्र दिएको सुनाए । प्रचण्डले दुई छिमेकीसँगको सम्बन्ध पनि आफूले सन्तुलन मिलाएर राखेको जिकिर गरे ।

Comments

3 responses to “मलाई हटाउँदा विश्वको ध्यान तानियो, बेलायतले प्रधानमन्त्रीभन्दा माथि भन्दै पत्र पठायो- प्रचण्ड (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    विदेशीले आफूले जे जे भन्यो त्यहि गर्ने बफादार गुमाउनु परेकोमा चित्त दुखाएको होला ।

  2. Laleek Avatar
    Laleek

    कसरी भित्तेराष्ट्रपति भनेनन् कि ! त्यो हुलाकी जो ?

    1. bharat kumar thapa Avatar

      हैसियत बोलि हैटं

Leave a Reply

Your email address will not be published. Required fields are marked *