काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले रास्वपा सभापति रवि लामिछानेलाई क्लीन चिटको परिभाषा बदलिएको हो भन्दै प्रश्न गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित कांग्रेस जिल्ला कार्यसमितिको बैठकमा बोल्दै उनले लामिछानेलाई दोषी ठहर गरिएको दाबी गरे ।
छानबिन समितिको प्रतिवेदनअनुसार नै सरकारले कारबाही प्रक्रिया अघि बढाउने नेता निधिले बताए ।
उनले भने, ‘रास्वपाकै कतिपय नेताहरूले दोषी ठहर गरेका लामिछानेलाई क्लीन चिट दिएको भनेर भ्रम फिजाउन खोजेका छन् । के क्लीन चिटको परिभाषा बदलिएको हो ?’
सहकारीको रकम अनियमितता गर्दै चेक काट्नेलाई हत्कडी लगाउनुपर्ने उनको तर्क छ ।

Leave a Reply