घनश्याम भुसालको दाबी- माओवादी हरेक दिन कमजोर बन्दै जान्छ, कुनै प्रयोग काम लाग्दैन (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै गएको बताएका छन् । पार्टी बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशन सन्देशसभालाई सम्बोधन गर्दै उनले अब माओवादी कुनै प्रयोग काम नलाग्ने बताए ।

 

उनले भने, ‘माओवादीले एकपछि अर्को प्रयोग गर्छ, अब माओवादी एक्लैले माओवादभित्रै रहने प्रयोगहरुले माओवादीलाई हरेक दिन तल लैजान्छ । हरेक दिन कमजोर बनाउँदै क्रान्तिबाट टाढा बनाउँदै लान्छ । आजको स्थिति त्यो छ ।’

उनले कांग्रेस आफैं बलियो हुने पार्टी नभएको भन्दै अरु कमजोर हुँदामात्रै बलियो हुने पार्टीको संज्ञा दिए ।

महासचिव भुसालले कांग्रेसको आफ्नो नीति र सिद्धान्त नभएको भन्दै गुटको महासंघको रुपमा रहेको टिप्पणी गरे ।

उनले भने, ‘सिद्धिसकेको कांग्रेस ओलीको हनुमान नाचले बौरियो, कम्युनिष्ट आन्दोलनको विरुवा उखेलेपछि अहिले बौरिएको छ । अहिले ती दुईवटा मिलेर मिलेर आफ्ना पाप धुन संविधान संशोधनको कुरा गर्दैछन् ।

नेता भुसालले राम्रो व्यवस्था भएको भए दुई पटक संसद विघटन गर्ने ओलीलाई भविष्यमा समेत राजनीति गर्न अयोग्य भनेर नालायक सावित गर्न सक्नुपर्नेमा अहिले नेता भएर हिँडिरहेको बताए ।

Comments

3 responses to “घनश्याम भुसालको दाबी- माओवादी हरेक दिन कमजोर बन्दै जान्छ, कुनै प्रयोग काम लाग्दैन (भिडिओ)”

  1. Laleek Avatar
    Laleek

    वाईयात् ! अर्काको फेरी समात्न नपरोस्, हे शिव !

  2. Mr Manil Avatar
    Mr Manil

    solti aba kata na kata Na maobadi le liyo na yemale le liyo kathai bhisal baje

  3. ksp pyl Avatar
    ksp pyl

    लफङ्गाको कुरा सुन्ने फुर्सद छैन अब ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *