सार्क विश्वविद्यालय दिल्लीमा मनाइयो संविधान दिवस (फोटो फिचर)

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का सदस्यहरुले स्थापना गरेको दक्षिण एसियाली विश्वविद्यालयले नेपालको संविधान दिवस मनाएको छ । भारतको नयाँ दिल्लीमा मुख्यालय रहेको विश्वविद्यालयमा अध्ययतरत नेपाली विद्यार्थीहरुको अगुवाईमा संविधान दिवस मनाइएको हो ।

समारोहमा विश्वविद्यालयका सभापती के. के. अगरवालको प्रमुख आतिथ्य तथा भारतस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाको आतिथ्यमा संविधान दिवसको कार्यक्रम गरिएकाे अन्तर्राष्ट्रिय सम्बन्धका नेपाली विद्यार्थी टेकराज कोइरालाले नेपाल प्रेसलाई जानकारी दिए ।

कोइरालाका अनुसार सभापति अगरवालले विश्वविद्यालयको स्थापना प्राज्ञिक उत्कृष्टताका लागि मात्र स्थापना नभएर सबै सार्क देशको सस्कृति, सस्कार, आपसी मेलमिलाप, एकताका लागि पनि विश्वविद्यालयको स्थापना भएको बताएका थिए ।

कार्यबाहक राजदुत डाक्टर सुरेन्द्र थापाले झल्डोतलन गर्दै सबै नेपालीलाई संविधान दिवसको शुभकामना ब्यक्त गरेका थिए । थापाले संविधानको मर्म, महत्वको बारेमा प्रकाश पार्दै नेपालको संविधानले सबैलाइ एकताबद्द पार्ने दस्ताबेज भएको बताएका थिए ।

कार्यक्रमको दोस्रो सत्रमा रहेको सास्कृतीक कार्यक्रममा नेपाल, भारत, भुटान, बाङ्लादेश, श्रीलंकाका विद्यार्थीहरु आफ्नो सस्कृतिक नाचगान प्रस्तुत गरेका थिए ।

Comments

One response to “सार्क विश्वविद्यालय दिल्लीमा मनाइयो संविधान दिवस (फोटो फिचर)”

  1. bharat kumar thapa Avatar

    देशभक्ति त मर्दैन भन्ने कुरा यो घटनाक्रमले पनि देखाउछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *