कर्णालीमा मनाइयो संविधान दिवस (तस्बिरहरू)

सुर्खेत । कर्णाली प्रदेश सरकारले संविधान दिवस भव्य रूपमा मनाएको छ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा प्रदेशको मूल समारोह समितिले प्रभातफेरि वीरेन्द्रनगर परिसर क्षेत्रमा परिक्रमा गरेको थियो ।

नेपाल प्रहरीले व्याण्डबाजा, पञ्चेबाजा, स्थानीय थारु तथा लोपोन्मुख राउटे समुदायको झाँकीसहित र्‍याली निकालिएको थियो ।

कर्णाली प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रीहरू परिषद्का सदस्यहरू, सभामुख, उपसभामुख, न्यायाधीश, विपक्षी दलका नेता तथा प्रदेश सांसदहरू,स्थानीय सरकारका जनप्रतिनिधिहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्काउट,उच्चपदस्थ सरकारी कर्मचारी लगायत सर्वसाधारण विद्यार्थीलगायत विभिन्न समुदायको सहभागी थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *