सरकारले नोटिसमा राखेपछि राजेन्द्र लिङ्देनको चुनौती- सके पक्राउ गरेर देखाउनू (भिडिओ)

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई आफूलाई पक्राउ गरेर देखाउन चुनौती दिएका छन्। पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी पत्र दिने कार्यक्रमा बोल्दै आफू यो संविधान भएको व्यवस्थको विरोधी भएको बताए।

 

उनले भने, भोलि संविधान दिवस छ, संविधान विरोधी पार्टीका नेताहरुलाई सरकारले नोटिसमा राखेको छ रे। त्यसमा राजेन्द्र लिङ्देन पनि छ म केपी ओलीको सरकारलाई चुनौतीको भाषामा भन्न चाहन्छु, यो संविधानले व्यवस्था गरेको संघीयता, धर्म निरपेक्षताको विरोधी हो राजेन्द्र लिङ्देन। त्यसको विरोध गर्छ। विपक्षमा छ। सके पक्रेर देखाओस्। हामीले कुनै अराजकतामा भविष्य खोजेका छैनौं। त्यसैले हामीले संयमिता अपनाइरहेका छौं।

सरकारले भोलि संविधान दिवको कार्यक्रमलाई लक्षित गर्दैै राजेन्द्र महतोदेखि राजेन्द्र लिङ्देनसम्म नोटिसमामा राखेको छ।

Comments

2 responses to “सरकारले नोटिसमा राखेपछि राजेन्द्र लिङ्देनको चुनौती- सके पक्राउ गरेर देखाउनू (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    यस्ता भुसुनाहरूको गणना नै छैन ।

  2. bharat kumar thapa Avatar

    तिमीहरूलाई अलिकति लाज छैन जुन व्यवस्था को विरोध गर्छौ त्यसैको उपप्रधानमन्त्री मन्त्री सभामुख उपसभामुख के के यहीँ व्यवस्थामा रहेर चाहिने सफत खाने अनि लाछी व्यवस्था मान्दिन भन्न अलिकति पनि लाज लागेन बुद्धि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *