काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रास्वपाका सांसद स्वर्णिम वाग्ले र शिशिर खनाललाई कटाक्ष गरेका छन् । सहकारीको रकम अपचलन गरेका रवि लामिछानेको अपराधको भारी कसले बोक्ने भनेर प्रतिस्पर्धामा रहेको भन्दै उनले कटाक्ष गरे ।
पार्टीको सय दिने विशेष अभियानको प्रशिक्षणमा महामन्त्री थापाले भने, ‘त्यही पार्टीका सांसदले मेरो पार्टीका सभापतिले कीर्ते र ठगीमा मुद्दा चलाउनुपर्छ भनेर लेखेर हस्ताक्षर गर्नुहुन्छ । छट्टु भन्ने के के भन्ने अनि बाहिर आएर मैले त राम्रोसँग काम गरेर आएँ, तपाईं क्लिन हुनुभएको भन्छ । फेरि अर्का आउँछ हाम्रो अध्यक्षले खानुभएको त होइन, उहाँले खानुमात्रै भएको हो, पस्केको त होइन नि ! अर्काले पस्केको खाएको त हो नि ! अर्कोले हाम्रो अध्यक्षले ६५ करोड खानुभएको, तर यसरी घुमाएर भन्छ । हिजो मैले उहाँहरुको सभामा हेरेको ।’
उनले पार्टीको नाम स्वतन्त्र भए पनि कोही स्वतन्त्र नभएको भन्दै सभापतिको पक्षमा ताली बजाउनेको प्रतिस्पर्धा रहेको टिप्पणी गरे ।

Leave a Reply