काठमाडौं। इन्द्रजात्रामा बालेनको टिसर्ट लगाएर आएका युवायुवतीको समूहलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर छाडेको छ । १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर जनसेवा वृत्तमा राखेको थियो ।
काठमाडौं प्रहरी परिसर प्रवक्ता नवराज सिलवालले भने भीडलाई पन्छाएकोमात्र, तर नियन्त्रणमा नराखेको दाबी गरे ।
‘हामीले व्यक्ति विशेषको नाममा नाराबाजी गर्दा समस्या आउँछ भनेर उहाँहरुलाई त्यहाँबाट हटाएका हौं, कतै लगेर राखिएको होइन’, उनले दाबी गरे ।
इन्द्रजात्रामा विवाद ल्याउन सक्ने देखिएपछि उक्त समूह सुरुमा प्रहरीको नोटिसमा परेको थियो ।

Leave a Reply