राजेन्द्र महतोले गरे नयाँ पार्टी घोषणा (भिडिओ)

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् ।

मंगलबार काठमाडौंमा राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले नयाँ राजनीतिक दल घोषणा गरेका छन् । कात्तिकको पहिलो सातामा निर्वाचन आयोगमा पार्टी दर्ता गराउने गरी प्रक्रिया अघि बढाउने पनि बताए ।

उनले पार्टीको नाम भने ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ रहने बताए । राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकले पार्टीको अध्यक्ष महतो स्वयं रहने निर्णयसमेत गरेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट अलग भएको करिब ८ महिनापछि महतोले नयाँ पार्टी घोषणा गरेका हुन् ।

Comments

2 responses to “राजेन्द्र महतोले गरे नयाँ पार्टी घोषणा (भिडिओ)”

  1. चन्द्र प्रकाश केसि Avatar
    चन्द्र प्रकाश केसि

    यो साला ढेडुको पछि अब को लाग्छ होला

  2. ksp pyl Avatar
    ksp pyl

    फुटाउने मिति पनि आजै घोषणा गर्नुपर्ने । पश्चिमाको पैसा खाएर यस्ता हर्कत गर्नेदेखि जनता सावधान ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *