काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धमा छानबिन समितिले प्रतिवेदनमा दोषी भनेकाहरुलाई सरकारले कारबाही गर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रतिवेदनअनुसार सरकारले दोषीहरुलाई कारबाही गर्ने बताए ।
उनले भने, ‘कानूनबमोजिम कारबाही हुने कुरामा कुनै प्रश्न हुँदैन । अपचलनमा जोजो संलग्न देखिएका छन्, प्रतिवेदनले ज–जसलाई भनेको छ, जो देखिएको छ, त्यसलाई कारबाही हुन्छ ।’
सहकारीको बचतको सुरक्षाको लागि सरकारले आवश्यक निर्णय लिने उनको भनाइ छ ।

Leave a Reply