नेपाल प्रेसकर्मी आचार्य सम्मानित

कैलाली । नेपाल प्रेसकर्मी भानुभक्त आचार्य सम्मानित भएका छन् । काठमाडौंमा शनिवार काठमाडौंमा सम्पन्न स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक उत्सवमा पत्रकार आचार्यलाई सम्मान गरिएको हो ।

पत्रकारिता मार्फत समाजमा महत्त्वपूर्ण योगदान दिएको भन्दै गृहमन्त्री रमेश लेखक र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आचार्यलाई कदर पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका हुन् । आचार्य नेपाल प्रेस सुदूरपश्चिम संयोजक हुन् ।

सांस्कृतिक समाज नेपालले आयोजना गरेको कार्यक्रममा १० जना स्रष्टाहरूलाई अभिनन्दन गरिएको थियो ।

साहित्यबाट सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, चलचित्र क्षेत्रबाट बिराज भट्ट, खेलकुदबाट दीपक विष्ट, लाइभ देउडाबाट नेत्रराज शाही, पर्दा पछाडिका नायकका रूपमा निर्देशक भीम थापा, पत्रकारिता क्षेत्रबाट वसन्तप्रताप सिंह, गायन क्षेत्रबाट सुदूरपश्चिमका लाल बहादुर धामी कर्णालीका टीका पुन र सुरेश शाहीलाई राष्ट्रपति रामचन्द्र पौडेलले दोसल्ला ओढाएर र कदर पत्र प्रदान गरेर अभिनन्दन गरेका थिए ।

कार्यक्रममा पञ्चे बाजा, छलिया नृत्य, र देउडा गायनका साथै राना थारुको संस्कृति झल्किने प्रस्तुति समेत राखिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *