सभामुखले राष्ट्रिय दलका प्रमुख सचेतकहरूलाई छलफलमा बोलाए

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरुलाई छलफलका लागि बोलाएका छन् ।

अहिले विहान ११ बजे सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक/सचेतकहरुसँग सभामुख घिमिरेले छलफल गर्नेछन् ।

सभामुखले भदौ २६ गतेको बैठकमा नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले भदौ १२ गते प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द हटाउन नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गरेको नियमापत्तिको निर्णय गरेका थिए । निर्णयमा असहमति जनाउँदै संसद अवरोध भएको थियो ।

सभामुखले ‘हिंसा’ शब्दबारे दलहरूलाई साझा धारणा बनाउन, सुझाव दिन र निर्क्योल गर्न कार्यव्यवस्था परामर्श समितिको भदौ १८ गतेको बैठकमा वृहत् छलफल गरेका थिए । त्यहाँ पनि सत्ता पक्ष र विपक्षको आ आफ्ना अडानमा रहेका थिए ।

माओवादीले आजको बैठक पनि अवरोध गर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै सभामुखले छलफल गर्न लागेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *