काठमाडौं । भावी प्रधानन्यायाधीश लगायत संवैधानिक पदहरुमा सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक अनिर्णित बनेको छ । भदौ ३१ गते फेरि बैठक बसेर टुंग्याउने गरी नेताहरु उठेका छन् ।
स्रोतका अनुसार बैठकमा प्रधानन्यायाधीश सिफारिसका लागि माथिल्लो वरियतामा रहेका ८ जना न्यायाधीसहरुको नाममाथि छलफल भएको थियो । तर, सहमति हुन सकेन ।

Leave a Reply