काठमाडौं । संवैधानिक परिषदको बैठक सुरु भएको छ । बालुवाटारमा जारी बैठकमा प्रधानन्यायाधीश सिफारिसलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
बैठकमा परिषदका सबै सदस्य सहभागी छन् । उपसभामुख इन्दिरा रानामगर पनि बैठकमा उपस्थित भएकी छन् ।
यसअघि परिषदमा सत्तारुढ दलको बहुमत पुर्याउन उपसभामुखलाई हटाउन खोजिएको भनेर रास्वपालगायत विपक्षी दलले आरोप लगाएका थिए ।
तर आजको बैठकमा भने रानाको सहभागिता देखिएको छ ।

Leave a Reply