नेपाल प्रिमियर लिगको मार्की प्लेयर सन्दीपदेखि रोहितसम्म

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) ले पहिलो संस्करणका लागि मार्की प्लेयर सार्वजनिक गरेको छ ।

मंसिर १६ देखि पुस ६ गतेसम्म हुने प्रतियोगिताका लागी एनपीएलले शुक्रवार मार्की खेलाडी सार्वजनिक गरेको हो ।

मार्की खेलाडीमा राष्ट्रिय टीमका कप्तान रोहित पौडेल, पूर्वकप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, कुशल मल्ल, कुशल भुर्तेल र आसिफ शेख छन् ।

क्यानका प्रवक्ता छुम्मी लामाले एनपीएल कमिटीले मार्की खेलाडीको छनोट गरेको बताए।

‘अहिले प्रदर्शन, पछिल्लो तीन वर्षको प्रदर्शन र अनुभवका आधारमा मार्की खेलाडीको छनोट भएको हो’, उनले भने।

मार्की खेलाडीहरू कुन कुन फ्रेन्चाइजमा को को रहने भन्ने शनिवार निर्णय हुने छ। उनीहरूले प्राप्त गर्ने रकम पनि शनिवार नै थाहा हुने क्यान प्रवक्ता लामाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *