बंगलादेशबाट फर्किएका चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीले तोकिएकै कलेजमा इन्टर्नसिप गर्नुपर्ने

काठमाडौं । बंगलादेशबाट फर्किएका चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीले तोकिएकै कलेजमा इन्टर्नसिप गर्नुपर्ने भएको छ । बंगलादेशबाटमा चिकित्साशास्त्र शिक्षा अध्ययन गरेर इन्टर्नसिप पूरा गर्न नपाएका नेपाली विद्यार्थीले तोकिएकै कलेजमा इन्टर्नसिप गर्नुपर्ने भएको हो ।

ती विद्यार्थीले सोही कलेजले तोकेका मेडिकल कलेजमा नै आफ्नो इन्टर्नसिप पूरा गर्नुपर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । एमबीबीएस, बीडीएस कार्यक्रममा अध्ययनरत नेपाली विद्यार्थीले तोकिएको कलेजमा नै इन्टर्नसिप पूरा गर्नुपर्ने भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बाङ्लादेशस्थित सम्बन्धित मेडिकल कलेजको धारणा माग गरेकोमा बंगलादेशस्थित नेपाली राजदूतावासले बंगलादेश सरकारले सम्बन्धित निकायमा समन्वय हुँदा बंगलादेशका विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले उक्त कलेजले तोकेका मेडिकल कलेजमा नै आफ्नो इन्टर्नसिप पुरा गर्नुपर्ने व्यहोरोका पत्र पठाएका थिए ।

शिक्षा मन्त्रालयले त्यसै आधारमा सम्बन्धित विद्यार्थीको इन्टर्नसिप सम्बन्धित मेडिकल कलेजले तोकेको कलेजमा मात्रै इन्टर्नसिप हुने जनाएको हो ।

बंगलादेशमा कोटा विरोधी प्रदर्शन हुँदा चिकित्सा शिक्षा अध्ययन गर्न पुगेका नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *