मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ ।

भदौ २८ गते (भोलि) का लागि तय भएको स्ववियु निर्वाचन विद्यार्थीहरुले दायर गरेको एक रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतले बिहीबार (आज) निर्वाचन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि चुनाव स्थगित भएको हो ।

स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी विभागको छैटौं सेमेस्टरका विद्यार्थीले बुधबार उच्च अदालत सुर्खेतमा निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको अन्तिम नामावलीमा आफूहरूको नाम समावेश नभएको भन्दै निर्वाचन स्थगित गर्न माग राखेर रिट दायर गरेका थिए ।

उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोख्रेलको एकल इजलासले कार्यकारी परिषद्का नाममा कारण देखाउ आदेश समेत जारी गरेको छ । पोखरेलको एकल इजलासले उक्त विषयमा अन्तरिम आदेश छलफलका लागि असोज ६ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

मप विश्विद्यालयमा साउन ३१ गतेदेखि निर्वाचन प्रक्रिया सुरु भएको थियो । जसअन्तर्गत निर्वाचन अकिकृतको कार्यालयले भदौ ५ गते अन्तिम नामावली प्रकाशित गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *