काठमाडौंका निजी विद्यालयहरू शिक्षाको नकाबमा लुटको केन्द्र बनिरहेका छन् : सांसद साह (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम साहले काठमाडौंका अधिकांश निजी विद्यालयहरू शिक्षाको नकाबमा लुटको केन्द्र बनिरहेको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै संविधानको धारा ३१ मा नागरिकलाई राज्यबाट निःशुल्क शिक्षा पाउने हक हुनेछ भनी लेखिए पनि निजी विद्यालयहरू शिक्षाको नकाबमा लुटको केन्द्र बनिरहेको बताए।

उनले भने, ‘अतिरिक्त शुल्क असुल्नकै लागि विद्यार्थीलाई बोझ हुने गरी अनिवार्य अतिरिक्त कक्षामा बस्न बाध्य पारिरहेका छन्, अभिभावकबाट अतिरिक्त पैसा असुलेर ढाड सेकाउने काम राजधानीका विद्यालयहरूमा अहिले भई रहेको छ, स्कुलको कमाऊ धन्दाले गर्दा विद्यार्थी १२ घण्टा स्कुल मा बस्न बाध्य भएका छन्।’

एसईईको तयारीको नाममा अनिवार्य होस्टल बस्नू पर्ने बाध्यता रहेको बताए।

उनले भने, ‘विद्यालय मैं अनिवार्य खाजा खाना खÞजानू पर्ने, ड्रेस, कापी किताब स्कुलले तोकेको ठाउँ मा खरिद गर्न बाध्य छन् अभिभावक । अभिभावकहरूलाई यो सिंडिकेटविरुद्ध आवाज बुलन्द पार्न आह्वान गर्न चाहन्छु।’

सेवाका नाममा व्यापार चलाउने स्कुलहरू लाई कडा अनुगमन गर्न शिक्षा मन्त्रालय, काठमाडौं महानगरपालिकालगायतको ध्यानाकर्षण गराए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *