काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले एकलौटी सूचना जारी गरेर महानगरबासीलाई आतंकित बनाएको आरोप लगाएको छ ।
कांग्रेसको काठमाडौं महानगर समितिका सभापति निलकाजी शाक्य र नेतृ सिर्जना सिंहले विज्ञप्ति जारी गर्दै मेयर बालेनले कार्यपालिका बैठक वा कार्यपालिका सदस्यहरुसँग छलफल नै नगरी एकल निर्णयबाट सूचना प्रकाशित गराएको भन्दै खेद प्रकट गरेका हुन् ।
काठमाडौं महानगर प्रमुखको नेतृत्वमा गरिएको कामहरुले नागरिकको हित र आवश्यकतालाई प्राथमिकता नदिएको उनीहरुे कांग्रेस महानगर समितिले ठहर गरेको छ ।
महानगरबासीको हकतिको संरक्षणका लागि यसको समस्या समाधानका लागि राज्यका तीनै अंगमा ज्ञापनसहित अनुरोध गर्ने पनि समितिले निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
सर्वोच्च अदालतले नदीनालाको २० मिटर भाग छोड्नुपर्ने आदेश गरेपछि मेयर बालेनले सूचना जारी गराएका थिए । त्यस विषयमा छलफल गर्न सरकारले कार्यदल पनि गठन गरिसकेको छ ।


Leave a Reply