सरकारले जनताको अधिकार खोस्न खोज्दैछ, प्रतिपक्ष दललाई साथ लिएर सशक्त प्रतिकार गर्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक सकिएको छ।

पार्टी मुख्यालय पेरिसडाँडामा हिजो सुरु भएको बैठकमा नेताहरूले उठेको प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि बैठक टुंग्याइएको हो।

बैठकमा अध्यक्ष प्रचण्डले सरकारले संविधान संशोधनमार्फत जनताको अधिकारलाई उल्टाउने प्रयास गरिरहेको भन्दै सशक्त प्रतिकार गर्न तयार रहनुपर्ने बताए।

उनले भने, ‘यो सरकारले जनविरोधी काम गर्न सुरु गरिसकेको छ। हामीले बेलैमा खबरदारी गर्नुपर्छ। संविधान संशोधनमार्फत जनताको अधिकारलाई खोस्ने प्रयास हुँदैछ।’

उनले प्रतिपक्षमा रहेका दलहरूलाई पनि साथ लिएर सरकारविरुद्ध खरो रूपमा उत्रिनुपर्ने बताए। उनले पार्टीभित्र अब कुनै विवाद नरहेको भन्दै एकताबद्ध भएर संगठन निर्माणका लागि जनतामा जानुपर्नेमा जोड दिए।

माओवादीले प्रदेश स्तरीय परामर्श समितिको बैठक बसेपछि केन्द्रीय कमिटीको बैठक बस्ने तयारी गरेको छ। प्रचण्डले अहिलेसम्म बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा परामर्श लिइसकेका छन्।

परामर्श समितिको बैठकमा पार्टीका उपमहासचिवसम्म सहभागी छन्। केन्द्रीय कमिटीको बैठकपछि पार्टीलाई जनता केन्द्रित बनाउने माओवादीको तयारी छ।

Comments

One response to “सरकारले जनताको अधिकार खोस्न खोज्दैछ, प्रतिपक्ष दललाई साथ लिएर सशक्त प्रतिकार गर्नुपर्छ : प्रचण्ड”

  1. ksp pyl Avatar
    ksp pyl

    दिल्लीका दलालहरू मालिकको आदेश मान्न अनेक कुरा गर्छन् । तर जनताको नजरमा यी गिरीसके भन्ने हेक्का छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *