नेपालकी रेखाको गोलमा साउदी अरबको अल नासर स्तब्ध

काठमाडौं। एएफसी वुमन्स च्याम्पियन्स लिगको फुटबलमा नेपालकी रेखा पौडेल आबद्ध युएईको आबुधावी कन्ट्री मुख्य प्रतिस्पर्धामा पुग्न सफल भएको छ।

प्रिलिमिनरी राउन्डको आफ्नो अन्तिम खेलमा आबुधावीले शनिवार राती साउदी अरबको अल नासरलाई १-० गोलले हराएर समूह विजेता बनेको हो।

अल नासरविरुद्ध रेखाले निर्णायक गोल गरिन्।उनले ६८ औँ मिनेटमा गोल गरेकी थिइन्।

दोस्रो हाफमा मैदान प्रवेश गरेकी रेखाले डी बक्सभित्रबाट आएको क्रस सजिलै गोल गरिन्।

आबुधावीले प्रिलिमनरी राउन्डका सबै तीन खेल जितेर अगाडी बढेको हो। रेखाले पहिलो खेलमा पनि एक गोल गरेकी थिइन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *