१० वर्षे युद्ध हिंसा थियो कि जनयुद्ध ? संसदमा एमाले र माओवादीबीच आरोप-प्रत्यारोप (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी हिंसाका कारण देश उर्जा उत्पादनमा पछि परेको भनेपछि माओवादीले आपत्ति जनाएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी युद्ध नभएको थियो भने  ०६५ सालमै देश लोडसेडिङ मुक्त हुने बताए ।

सांसद भट्टराईको यो अभिव्यक्तिप्रति माओवादीका सांसद माधव सापकोटाले नियमापत्ति जनाए । उनले सांसद भट्टराईले गैरसंसदीय र अमर्यादित शब्द प्रयोग गरेको दाबी गरे ।

तर, सभामुख देवराज घिमिरेले सांसद सापकोटालाई रोकेर भट्टराईलाई नै बोल्न निरन्तरता दिएपछि माओवादीका सांसदहरुले विरोध जनाए। माओवादीका सांसदहरुले बोल्न नदिएपछि सांसद भट्टराईले आफूलाई बोल्न नदिनु पनि हिंसा नै भएको तर्क गरे ।

त्यसपछि माओवादीका सांसद देवेन्द्र पौडेलले नेपालको शान्ति प्रक्रियालाई तलमाथि गर्ने नैतिक धरातल अहिलेको संविधानले नदिने बताए । उनले आक्रोशित हुँदै भने, ‘उहाँले बोल्नुभएको शब्द रेकर्डबाट हटाउन माग गर्छु ।’

पौडेलले बोलेपछि योगेशलाई सभामुखले समय दिए पनि माओवादीले विरोध कायमै राखेपछि दुवै पार्टीका सांसद आरोप प्रत्यारोपमा उत्रिए । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले संविधानले हिंसा नभनेको भन्दै माओवादी जनयुद्धको अपमान गर्न नहुने बताए ।

त्यसपछि भट्टराईले बोल्दा फेरि माओवादीका सांसदले हिंसा शब्द रेकर्डबाट हटाउन माग गरेपछि भट्टराईले निहत्था मान्छेको हत्या गर्ने र अपहरण गर्ने काम हिंसा नै थियो भनेर प्रतिवाद गरे । एमालेका रघुजी पन्तले जनयुद्धमा मान्छे मारिनु हिंसा थियो भन्दै हिंसा शब्द प्रयोग गर्नु असंसदीय नरहेको बताए ।

सभामुखले माओवादीका सांसद रणेन्द्र बरालीलाई विशेष समयमा बोल्न दिए पनि उक्त पार्टीका सांसदले भने हिंसा शब्द नै हटाउनुपर्ने भन्दै सदन चल्न अवरोध सिर्जना गरेका छन् । सभामुखले पौडेललाई बोल्न समय दिएपछि सत्तापक्षका सांसदहरु उठेर ससदनमा होहल्ला गरेका थिए ।

सांसद पौडेलले संविधान प्रतिकूल हुने शब्द प्रयोग गर्न नपाइने चेतावनी दिए । दुवै पक्षका सांसदहरु उठेर होहल्ला गरेपछि सभामुखले संसदको मर्यादालाई ख्याल गर्न आग्रह गरे ।

उनले भने, ‘हिंसा भन्ने शब्द कसरी प्रयोग भएको छ, त्यो संवैधानिक छ कि असंवैधानिक भन्ने कुरामा बहस छलफल गर्न सकिन्छ । तर, संसदको मर्यादालाई ख्यालमा राखेर गतिविधि अगाडि बढाउनु हाम्रो कर्तव्य हो ।’

त्यसपछि सभामुखले योगेशलाई बोल्न समय दिएपछि माओवादी सांसदहरुले उठेर विरोध जनाइरहे ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डले भने, ‘यहाँ न त दिएको समयको पालना गरिएको छ । न भाषा त्यस्तो प्रयोग गरिएको छ । त्यसैले यहाँ प्रयोग भएको भाषा हाम्रो संविधान अनुसार प्रयोग भएको छैन । त्यसैले हिंसा शब्द रेकर्डबाट हटाउन अनुरोध गर्छु ।’

माओवादीको आपत्तिपछि हिंसा शब्द प्रयोग अवस्था हेरेर छानबिन गर्न सभामुखले सचिवालयलाई निर्देशन दिए ।

 

Comments

6 responses to “१० वर्षे युद्ध हिंसा थियो कि जनयुद्ध ? संसदमा एमाले र माओवादीबीच आरोप-प्रत्यारोप (भिडिओ)”

  1. gn Avatar
    gn

    सम्माननीय समामुखज्यू, योगेश भटराई भन्ने भन्ने अराजकले त सभामुखको नै मानहानी गरेन र ?

    1. ksp pyl Avatar
      ksp pyl

      हिंसा नै हो । मान्छेलाई रूखमा बाँधेर मार्ने पनि जनयुद्व हुन्छ ? सही बोलेकोमा योगशलाई धन्यवाद । हिंसा पनि माओवादीका नेतालाई मोज गर्न गरिएको भन्ने अहिले प्रमाणित भयो ।

      1. bharat kumar thapa Avatar

        कमरेड योगेश भट्टराई हिम्मत भएको नेत हुन भन्ने देखियो उहाँले स्पष्टता साथ १० बर्षे हिंसा मुलुकमा नभएको भए बिद्धुत मा कति फड्को मार्थ्यो भनी सहि विश्लेषण गर्नुभएको छ।

  2. 1234 Avatar
    1234

    हिंसा नै हो । मान्छेलाई रूखमा बाँधेर मार्ने पनि जनयुद्व हुन्छ ?

  3. Nagendra Avatar
    Nagendra

    ‘माओबादि’ नाममा भएको अशान्ति उत्पात ‘जनयुद्द’ थियो कि हिँसा ??
    १. त्यो त त्यो बेला घटाइएका घटना र त्येशको प्रभाव अनि पृष्ठभूमिले बताउञ्छ !!!
    २. त्यो त नेपालको भै रहेको पछौटे पन माथिको छट्टु प्रचण्डको ‘क्याश’ थियो, बहादुर नेपालीको लडाकु पनको उपयोग थियो !!
    ३. खासमा त्यो त भारतको डिजाइनमा नेपाली भूमिलाई असान्त बनाउने, झन् पछाडी धकेल्ने, र नेपाललाई कम्जोर बनाउने भारतको भित्रि मक्सतलाई पुरा गर्ने कर्म थियो, त्येशको मुख्य पात्र प्रचण्ड !!!
    ४. अब भनम ‘भारतमा बसेर, भारतीयको हतियार चलाएर, भारतीयको लगानीमा, भारतमा तालिम लिएर नेपाली समाज ध्वंस पार्दा’ नेपालको ‘जनयुद्द’ हुन्छ, भयो त्यो ??

    1. bharat kumar thapa Avatar

      हत्याहिंसा हो १० वर्षे काल

Leave a Reply

Your email address will not be published. Required fields are marked *