रास्वपालाई कांग्रेसको जवाफ- टुँडिखेलमा युवाहरूले अराजकता देखाएकै हुन् (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्नेको पक्षमा उभिएपछि कांग्रेसले आपत्ति जनाएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक श्याम घिमिरेले युवाहरूले अराजकता देखाएको दाबी गरे।

उनले भने, ‘गौरा पर्व सांस्कृतिक कार्यक्रम हो, संस्कृतिको परिचय पनि हो। त्यो कार्यक्रममा जुन गतिविधि भयो त्यो उछृंखल र अराजकता व्यवहार नै थियो। त्यो व्यवहार युवाले गरुन् वा प्रौढले त्यो अराजकता नै हो। उनले रास्वपा सांसद हरि ढकाललाई लक्षित गर्दै थपे, त्यसको पक्षमा हामीले सदनमा कुरा उठाउन थाल्यौँ भने हामीले समाजलाई कता लैजाँदै छौं भन्ने ध्यानाकर्षण गराउँछु।’

सांसद ढकालले स्वदेशमा रोजगारी र अवसरबाट वञ्चित बनाइएका युवाहरूले सिंहदरबारभित्रका बेमानहरूलाई खबरदारी गर्दैगर्दा समाउन नपाइने भन्दै तत्काल छाड्न माग गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *