चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध रास्वपा नेतृले दिइन् साइबर व्युरोमा उजुरी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृ तथा सञ्चारकर्मी ज्वाला संग्रौलाले प्रहरीमा उजुरी दिएकी छन् । प्रसाईंले आफ्नो चरित्रहत्या गरेको भन्दै संग्रौलाले प्रहरीको साइबर ब्युरोमा आइतबार उजुरी हालेकी हुन् ।

आफूले सबै प्रमाणसहित प्रक्रियागत रुपमा उजुरी दिएको संग्रौलाले बताइन् । आज समयाभावका कारण ब्युरोले उजुरी दर्ता गर्न नभ्याएको उनको भनाइ छ । भोलि सार्वजनिक बिदा भएकाले पर्सि कार्यालय समयमा दर्ता गरिने उनलाई प्रहरीले बताएका छन् ।

प्रसाईंले केही दिनअघि एक युट्युब च्यानललाई अन्तर्वार्ता दिँदै ज्वालामाथि लाञ्छना लगाएका थिए । कान्तिपुरको मास्टर हेड दुरुपयोग गर्दै प्रचार गरिएको फेक न्यूज पोस्टका आधारमा प्रसाईंले लाञ्छना लगाएका हुन् । केही समयअघि ‘जापानमा वेश्यावृत्तिमा संलग्न भनिने ज्वाला संग्रौला’ भन्ने टाइटल राखेर उनको तस्विरसहित फोटोसप गरिएको सामग्रीलाई ज्वालाका विरोधीले सामाजिक सञ्जालमा हालेका थिए ।

पछि फ्याक्ट चेकमा कान्तिपुरले यस्तो शीर्षकमा समाचार कहिल्यै नछापेको प्रमाणित भइसकेको छ । आफ्नो अन्तर्वार्तामा प्रसाईंले ज्वालाको नाम नलिइकन ‘जापानमा वेश्यावृत्ति गर्ने महिला’ भनेका थिए ।

उनले भनेका छन्, ‘कोही जापानमा वेश्यावृत्ति गर्ने, कुनै पार्टीको केन्द्रीय सदस्य भका छन् । जापानमा वेश्यावृत्ति गर्ने, केटालाई केटी मिलाइदिने, भँडुवाको काम गर्ने, दलालको काम गर्ने, हामीलाई थाहा छैन ? त्यस्ता मान्छे फेसबुक स्टाटसमा लेखेर दुर्गा प्रसाईंलाई हल्लाउन खोज्छन् । वेश्या, भँडुवा, पागलले हल्लाएर दुर्गा प्रसाईं हल्लिँदैन । मैले लाश ल्याउँदा सुन ल्याएँ रे ! जेलमा बसेको त्या भाइहरुलाई उतै मर्न दिनुपर्ने रछ नि ! अब गर्ने कि नगर्ने ! तिनीले गरुन् । त्यही जापानमा वेश्यावृत्ति गर्नेले गरुन् नि ! अर्कालाई केटी मिलाइदिने, अनि आफू पनि वेश्यावृत्ति गर्ने, रातभरि सात जनासँग चर्ने । त्यसले गर्नु नि ! फेसबुकमा लेख्न जानें भनेर हालिछे । यस्ता छन् नयाँ पार्टीका मेम्बर । त्यसको शाखा सन्तानै त्यस्तो हो क्या ! आफू केही राम्रो नगर्ने, अर्काको खोइरो खन्ने ।’

Comments

2 responses to “चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध रास्वपा नेतृले दिइन् साइबर व्युरोमा उजुरी”

  1. bharat kumar thapa Avatar

    थुइक्त खानाका काल हो दुर्गा बहुलाएछ जे नि सामाजिक संजाल मा अरूको चरित्र हत्या गर्ने फोहोरी हो सुध्र देशको माटोले सराप्ला।

  2. Gum rana Avatar
    Gum rana

    पुर्ब … पुर्ब एमाले पुर्ब राजाबादी मार्सी लोन लिखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *