भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से काठमाडौंमा, मर्स्याङ्दी दुर्घटनाका घाइते भेट्न शिक्षण अस्पतालमा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हिजो भएको भारतीय पर्यटक बोकेको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न र मृतक शवहरू लिएर जान भारत सरकारले आफ्ना एक जना केन्द्रीय मन्त्रीलाई काठमाडौं पठाएका छन्।

भारत सरकारकी युवा तथा खेलकुद राज्यमंत्री रक्षा खडसे आज काठमाडौं आएकी हुन्।

घाइते भएका १६ भारतीय यात्रीको महाराजगंजस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ र मन्त्री त्यही पुग्ने बताइएको छ । मन्त्री खड्से सँगै भारतीय सांसद पनि आएको बताइएको छ ।

मन्त्री खड्सेले घाइतेसँग कुरा गर्ने र शव लिने भारतीय अखबार इन्डिया टुडेले उल्लेख गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *