युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्न सरकारसँग जसपा नेपालको माग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपां) नेपालले बेरोजगारी समस्या हल गर्न सरकारसँग माग गरेको छ।

आवश्यक पूँजी, तालिम, बजार लगायतका आवश्यक कार्यक्रमहरूसँगै योजना निर्माण गरी प्रत्येक पालिकाहरूमा युवा स्वरोजगार कार्यक्रम सञ्चालनको व्यवस्था गर्न माग गरेको हो।

सीप र अनुभव प्राप्त गरी वैदेशिक रोजगारबाट फर्किएर आएकाहरूले स्वदेशमै व्यवसाय सञ्चालन गर्न सक्ने गरी राज्यले आवश्यक व्यवस्था गर्नुपर्ने जसपा नेपालको जोड छ।

जसपा नेपालले भनेको छ, ‘आदिवासीहरूको परम्परागत ज्ञान र शीपलाई संरक्षण र विकास गरी उत्पादन कार्यमा लगाउन आवश्यक व्यवस्था गरिनुपर्दछ।’

पार्टीले बेरोजगार युवाहरूको लागि बेरोजगारी भत्ताको व्यवस्था गर्नुपर्ने कुरामा जोड दिएको छ। जसपा नेपालको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले ६७ बुँदे समसामयिक राजनीतिक निर्णय गरेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *