प्रहरी अधिकृतलाई ३० वर्षे सेवा अवधिका कारण अवकाश नदिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिका कारण अवकाश दिने व्यवस्था तत्काललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

हरिप्रसाद फुयाँलको एकल इजलासले भदौ १६ गतेबाट अवकाश हुने भनी दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्न नगराउन तथा त्यस्तो आधारमा कुनै पत्राचार नगर्न नगराउन अन्तरिम आदेश दिएको छ ।

यस्तै पदीय जिम्मेवारीमा परिवर्तन नगर्न नगराउन तथा प्रहरी किताबखानामा यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन पनि भनिएको छ ।

सर्वोच्चले पूर्ण सुनुवाइका लागि असोज १० गते पेशी तोक्न र अग्राधिकार दिन पनि भनेको छ ।

भदौ १६ गते अवकाश पाउन लागेका ९० मध्ये २१ जनाले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउने व्यवस्थाविरुद्ध तत्काललाई उनीहरूले अन्तरिम आदेश माग गरेका थिए । यो आदेशले ९० जना प्रहरी अधिकृतले तत्कालका लागि ३० वर्षभन्दा बढी समय जागिर खाने अवस्था बनेको छ ।

हेर्नस् अदालतको आदेशको पूर्णपाठ-

Comments

2 responses to “प्रहरी अधिकृतलाई ३० वर्षे सेवा अवधिका कारण अवकाश नदिन सर्वोच्चको अन्तरिम आदेश”

  1. bharat kumar thapa Avatar

    नेपाल सरकारको ऐन कानुनी व्यवस्था अदालतको आदेश बदर गर्नु भनेको जनता जनमतको विरोध हो

  2. bharat kumar thapa Avatar

    नेपाल सरकारको ऐन कानुनमा भएको व्यवस्था अदालतले अनदेखा गर्नु कानुनी राज्य खिलाफ होइन र!?

Leave a Reply

Your email address will not be published. Required fields are marked *