गोर्खा मिडियामा जीबी राई र रविका साझेदार पूर्वडीआईजीलाई बयानका लागि बोलाइयो

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी बन्जाडेसँग पनि बयान लिने भएको छ ।

सूर्यदर्शन, सानोपाइलालगायत सहकारीको बचत रकम लामिछाने र गोर्खा मिडियामा गएको सन्दर्भमा सोधपुछका लागि समितिले दुवैलाई बोलाएको छ । छविलाल जीबी राईका व्यापारिक साझेदारसमेत हुन् । जोशीलाई गोरखा मिडिया नेटवर्कको सञ्चालककका हैसियतमा बयानका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले बताए ।

उनलाई समितिले भोलि बिहान ११ बजे बयानका लागि बोलाएको छ । गोरखा मिडिया नेटवर्कमा जीबी राई, रवि लामिछाने र छविलाल जोशी सञ्चालक थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *