प्रधानमन्त्रीसँग नेपालका लागि दक्षिण कोरियाली राजदूतको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले आज शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेट भएको हो।

भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन आदि दुुईपक्षीय हितका विविध विषयमा सहयोग आदानप्रदान गर्न छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले नेपालको विविध क्षेत्रको विकासमा दक्षिण कोरियाको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे।

राजदूत पार्कले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गरे। भेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कोका कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *