रास्वपाले भन्यो- भ्रष्टाचारमा मुछिएका र स्वार्थ बाझिने मन्त्री नियुक्तिविरूद्ध ससदमा कडा रूपले प्रस्तुत हुन्छौं (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीले भ्रष्टाचार मुद्दामा हदम्याद राखेर ठूला माछालाई उन्मुक्ति दिन खोजेको आशंका व्यक्त गरेको छ ।

पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिकाे बैठकले सरकारमा भ्रष्ट एवम् स्वार्थ बाझिने मन्त्री नियुक्ति गरेको विषयमा सदनमा कडा रुपमा प्रस्तुत हुने निर्णय भएको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

उनले भने, ‘भ्रष्टाचार मुद्दामा हदम्याद, वर्तमान सरकारबाट भएको शिक्षामा राजनीतिकरण, भ्रष्ट एवम् स्वार्थ बाझिने मन्त्री नियुक्ति गरेको बारेमा छलफल गरेका छौं। यो विषयमा हामी सदनमा कडा रुपले प्रस्तुत हुन्छौं ।’

भ्रष्टाचारको हदम्याद राखेर नीतिगत भ्रष्टाचार गरेर आफ्ना मान्छे जोगाउन खोजेको दाबी गरे ।

उनले थपे, ‘अख्तियारले नीजि क्षेत्रलाई पनि हेर्ने सरकारी क्षेत्रलाई चाहिँ उन्मुक्ति दिँदै जाने, आफ्ना मान्छेलाई नछुने खरदार सुब्बाहरुलाई मात्रै दुख दिने, ठूला माछा नसमात्ने वर्षौँसम्म फाइल अड्काएर राख्नेको विरोध गर्छौँ ।’

Comments

One response to “रास्वपाले भन्यो- भ्रष्टाचारमा मुछिएका र स्वार्थ बाझिने मन्त्री नियुक्तिविरूद्ध ससदमा कडा रूपले प्रस्तुत हुन्छौं (भिडिओ)”

  1. Ram Bhattarai Avatar
    Ram Bhattarai

    अनि हिजो अस्ति शिरमाथी मुद्धाको चाङ बोकेर आफ्नै अध्यक्ष गृहमन्त्रीमा किन गएका रे सोध सोध !

Leave a Reply

Your email address will not be published. Required fields are marked *