बझाङमा पहिरोले घर पुरियो, ४ जना बेपत्ता, ५ जनाको उद्धार

कैलाली । बझाङमा पहिरो जाँदा ४ जना बेपत्ता भएका छन्।

आइतबार राति बुङ्गल नगरपालिका-१० स्थित चुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएको बुङ्गल नगरपालिकाका उपप्रमुख धनबहादुर बोहराले जानकारी दिए ।

उनका अनुसार पहिरोमा पुरिएका ५ जनाको उद्धार गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *