केन्द्रीय सदस्यलाई शपथ गराउँदै ओलीले भने- एमाले साना खुद्रा खेलमा अल्मलिने पार्टी होइन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्तित्व रक्षाको लडाईको साना खुद्रा खेलमा अल्मलिने पार्टी एमाले नभएको बताएका छन् ।

आइतबार एमाले पार्टी कार्यालय च्यासलमा एमाले केन्द्रीय कमिटीका सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा बोल्दै ओलीले आगामी निर्वाचनमा बहुमत आउने गरि तयारी गर्नुपर्ने भन्दै अस्तित्व रक्षाको लडाईको साना खेलमा अल्झन नहुने बताएका हुन् ।

उनले जस्तोसुकै चूनौतिको सामना गरेर भएपनि देशभित्र एमालेलाई बलियो, शसक्त र निर्णायक शक्ति बनाउनुपर्ने धारणा राखे । उनले आफु नेतृत्वको सरकारले देश र जनताको हितलाई असर पर्ने कुनै काम नगर्ने स्पष्ट पारे । अरु दलहरु मोर्चाको खोजीमा रहेपनि एमालेले आफैभित्र मोर्चा बनाएर अघि बढ्ने उनको भनाइ छ ।

कार्यक्रममा ओलीले केन्द्रीय सदस्यहरु मन्जु शर्मा चालिसे र कुन्दन कुसवाहालाई सपथ ग्रहण गराएका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *