हेटौँडा । इंग्लिस प्रिमियर लिग (इपिएल) को नयाँ संस्करणको दोस्रो दिन भएको खेलमा लिभरपुलले विजयी सुरुवात गरेको छ ।
इपिएलको २०२४/२५ संस्करणको आफ्नो पहिलो खेलमा लिभरपुलले इप्सविच टाउन फुटबल क्लबलाई २-० ले पराजित गरेको हो ।
इप्सविचको घरेलु मैदान भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा भने लिभरपुलले २ गोल गर्न सफल बन्यो । लिभरपुलको जितका लागि डियगो जोटा र मोहम्मद सलाहले समान १ गोल गरे ।
लिभरपुलले ६० औँ मिनेटमा जोटाले गोलमा अग्रता बनाएको थियो । त्यसको ५ मिनेट पछि सलाहले गोल गर्दै लिभरपुललाई जित दिलाएका थिए ।

Leave a Reply