पशुपति कोटी होमस्थलमा भएको घटनाबारे सात सदस्यीय छानबिन समिति गठन

काठमाडौं । पशुपति कोटी होमका भएको घटनाबारे छानबिन गर्न सात सदस्यीय छानबिन समिति गठन भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।

समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक गंगा पौडेल, सशस्त्र प्रहरी बल २० गण सिनामंगलका सप्रनाउ प्रमोद यादव, अधिवक्ता सचितानन्द काफ्ले, नेपाल पत्रकार महासंघका गोविन्द चौलागाईं, मानव सेवा फाउन्डेसन नेपालका विष्णुकुमार थापा र जिल्ला प्रशासन कार्यालय काठमाडौंका अधिकृत अनुपम पौडेल रहेका छन्।

हिजो विजयकृष्ण मूर्ति भनिने विजय भण्डारीलाई पक्राउ गर्न जाँदा प्रहरीविरूद्ध नाराबाजी र हुलहुज्जत भएको थियो ।

Comments

One response to “पशुपति कोटी होमस्थलमा भएको घटनाबारे सात सदस्यीय छानबिन समिति गठन”

  1. bhojraj regmi Avatar
    bhojraj regmi

    राज्य छाडा रुपमा प्रस्तुत हुन्छ,अनि छानविन भन्दै नौटंकी नाटक मञ्चन गर्छ।लछारपाटो शून्य।

Leave a Reply

Your email address will not be published. Required fields are marked *