कांग्रेस-एमाले गठबन्धन सरकार संविधानको मर्मविपरीत बनेको भीम रावलकाे टिप्पणी (भिडिओ)

काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले कांग्रेस–एमाले गठबन्धन सरकार संविधानको मर्मविपरीत बनेको टिप्पणी गरेका छन् ।

शनिबार रिपोटर्स क्लबले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले वर्तमान सरकार नेपालको संविधानको धारा २६९ को मर्मविपरीत रहेको बताए ।

विपरीतसिद्धान्त भएका दुई ठूला दलहरुले सरकार बनाएकाले राष्ट्रको बृहत्तर हितलाई ध्यानमा राखेर राष्ट्रिय सुरक्षा, नेपालको सार्वभौमता, क्षत्रीय अखण्डता, कृषि, उद्योग, स्वास्थ्य, सञ्चार क्षेत्रमा काम गर्छन की गर्दैनन भन्ने परीक्षाको रुपमा रहेको उनले बताए ।

उनले संविधान संशोधनमा एमाले–कांग्रेस स्पष्ट दृष्टिकोणका साथ अगाडि नबढेको प्रष्ट भएको बताए । त्यस्तै, उनले कांग्रेस–एमालेले भन्ने गरेको राष्ट्रिय सहमतिको व्यवस्था नेपालको संविधानमा नै नरहेको जिकिर गरे । उनले ठूला–ठूला भ्रष्टाचार र चुहावट रोक्न सरकारले कदम चाल्नुपर्ने बताए ।

उनले आफु अहिले पनि एमालेको सदस्य भएको भन्दै त्यसमा अटल रहेको बताए ।

Comments

2 responses to “कांग्रेस-एमाले गठबन्धन सरकार संविधानको मर्मविपरीत बनेको भीम रावलकाे टिप्पणी (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    वाहियात कुरा ।

  2. Bhim koirala Avatar

    कामरेड रावल सधैँ विराेध गरेर आनन्द लिनुहुन्छ जस्ताे लाग्याे । याे पनि एउटा नासा नै हाेला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *