काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारद्वारा आयोजित तेस्रो शृङ्खलाको ‘ग्लोबल साउथ समिट’ को उद्घाटन सत्रलाई आज भर्चुअल रुपमा सम्बोधन गरेका छन् ।
करिब १५ राष्ट्र प्रमुख तथा सरकार प्रमुखबाट सम्बोधन भएको सम्मेलनबारे प्रधानमन्त्री ओलीले ट्विट गर्दै यस महत्त्वपूर्ण प्रयासलाई सुरु गरेर जारी राखेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिए ।
उनले भने, हामीले साझा प्रयासबाट हाम्रो भविष्यको बाटो कोर्न सक्छौं, जसले सबैलाई लाभ दिनेछ ।’

Leave a Reply