प्राविधिक कारणले कहिलेकाहीँ बत्ती आउने जाने हुनसक्छ, लोडसेडिङ इतिहास भइसक्यो: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा लोडसेडिङ इतिहास भइसकेको बताएका छन्।

नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले प्राविधिक कारणले अहिलेकाहीँ आउने जाने भए पनि नेपालमा लोडसेडिङ इतिहास भइसकेको जिकिर गरे।

उनले भने, ‘आठ वर्ष अघि वर्षायाममा समेत दैनिक आठ, नौ घण्टा र सुख्खा याममा १८ घण्टासम्मको लोडसेडिङ व्यहोर्नुपरेको कहालीलाग्दो अवस्थाबाट मुक्ति मिलेको छ। हाल वर्षायाममा देशभित्र खपत गरि दैनिक सात सय मेगावाट भन्दा बढी निर्यात गर्ने अवस्थामा पुगेका छौँ । २०७३ सालको तिहारको लक्ष्मी पूजाको दिनदेखि काठमाडौँ उपत्यकाबाट प्रारम्भ गरिएको लोडसेडिङ अन्त्यको अभियानबाट २०७५ वैशाखबाट मुलुकभर लोडसेडिङ अन्त्य गर्न सफल भएका छौँ। प्राकृतिक र प्राविधि कारणले केही क्षण बत्ती जाने आउने गरेपनि हामी गर्वका साथ भन्न सक्छौं अब लोडसेडिङ भइसकेको छ।’

उनले विभिन्न आरोह अवरोहकाबिच पनि नेपाल विद्युत् प्राधिकरणले ३९ औँ वर्ष पार गरेको बताए।

उनले थपे, ‘वर्षायातमा भारततर्फ विद्युत निर्यात गरेर व्यापार घाटा कम गर्न सक्ने अवस्थामा छौं। हिउँदा याममा केही महिना विद्युत आयाता गर्नुपरेपनि परिणाम घट्दै गइरहेको छ। गत आवबाट देशभित्र खपत गरि बढी भएको विद्युत् भारतिय बजारमा बिक्रि गरी नेपालले आयातबाट निर्यात गर्ने इतिहास बनाइसकेको छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *