काठमाडौं । भक्तपुरको गठ्ठाघरमा बिहीबार भएको दुर्घटनामा संलग्न ट्रकका चालकले आफूले स्कुटरलाई नदेखेको बयान दिएका छन् । ट्रक चालक सतेन्द्र श्रेष्ठले दुर्घटना हुँदा आफूले स्कुटर नदेखेको बताएका छन् ।
‘दुर्घटनापछि स्कुटर उछिटिएको देखेपछि मात्र दुर्घटना भएको चाल पाएँ’, हाल प्रहरी हिरासतमा रहेका श्रेष्ठले भने ।
ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ओखलढुंगाका ६५ वर्षीय उत्तम कोइराला चक्कामुनि परेका थिए ।
शुक्रबार बाहिरिएको सीसीटीभी फुटेजमा कोइराला सवार स्कुटरलाई ट्रकको अगाडिको एक छेउको भागले पेलेको र स्कुटर उछिटिएर उनी चक्कामुनि परेको देखिन्छ ।

Leave a Reply