अबदेखि राष्ट्रिय सभाको हरेक बैठकमा शून्य समय रहने

काठमाडौं । अबदेखि राष्ट्रिय सभाको हरेक बैठकमा शून्य समय रहने भएको छ ।

यस अघि हप्ताको ३ दिन मंगलबार, बुधबार र बिहिबारको बैठकमा मात्रै शून्य समय रहदैँ आएकोमा अबदेखि सबै बैठकमा शून्य समय रहने राष्ट्रिय सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले निर्णय गरेको राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बिहीबारको बैठकमा जानकारी गराएका हुन् ।

उनले राष्ट्रिय सभामा ३ वटा समूह रहेको र चक्रिय प्रणालीका आधारमा शून्य समय रहने जानकारी गराए । शून्य समयमा सांसदले जुनसुकै विषयमा पनि एक मिनेट आफ्नो धारणा राख्ने पाउने व्यवस्था छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *