बागमती प्रदेश प्रमुख देवकोटालाई धनगढीमा सम्मान

कैलाली । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई मंगलबार धनगढीमा स्वागत तथा सम्मान गरिएको छ । धनगढी स्थित नवजीवन सहकारी संस्थाले उनलाई आफ्नो कार्यालयमा सम्मान गरेको हो ।

संस्थाको संस्थापक सदस्य प्रदेश प्रमुख जस्तो गरिमामय पदमा नियुक्त भएको भन्दै सम्मान गरिएको संस्थाका अध्यक्ष देवबहादुर बमले बताएका थिए ।

सम्मान कार्यक्रम प्रदेश प्रमुख देवकोटाले संस्था स्थापना गर्दा गरेको भूमिकाबारे चर्चा गरेका थिए । निकै मेहनतका साथ स्थापना गरेको संस्था देशकै नमुना सहकारी संस्थाको रुपमा नाम सुन्दा आफूलाई गौरव लाग्ने गरेको बताएका थिए

प्रदेश प्रमुख देवकोटालाई स्वागत गर्दै संस्थाका अध्यक्ष बमले संस्थाको आगामी कार्य योजना सुनाएका थिए । सो अवसरमा संस्थाका सल्लाहकार खेमराज पाण्डे,संस्थाका उपाध्यक्ष चेतराज ओझाले शुभकामना मन्तव्य राखेका थिए । महाप्रबन्धक डम्मर गुरुले संस्थाको अवस्था जानकारी गराएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *