एमाले सांसदले रवि लामिछानेलाई सहकारी ठगीमा दोषी करार गरेको भन्दै रास्वपाको आपत्ति (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागीले सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा दोषी करार गरेको भन्दै रास्वपाले आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पौडेलले लामिछानेले सहकारी ठगीको पैसा फिर्ता नगरेर चर्का कुरा गर्दै हिँडेको टिप्पणी गरेका थिए ।

उनले भने, ‘पोखरामा सहकारी ठगीको बिगबिगी छ । त्यसमा माननीय रवि लामिछानेको नाम मुछिएकै छ, तर उहाँ नै चर्को कुरा गर्नुभएको छ । हिजो उपप्रधानमन्त्री हुँदा उहाँको त्यस्तै चर्को स्वर थियो । अहिले प्रतिपक्षमा जाँदा पनि त्यस्तै स्वर छ । उहाँको नाम कहाँ छ, सबैले देखेको छ । ठगिएको रकम फिर्ता गर्नुपर्दैन ।’

सांसद बैरागीले सभापति लामिछानेलाई दोषी करार गरेको भन्दै रास्वपा सांसद मनिष झाले नियमापत्ति जनाए ।

उनले भने, ‘कुनै व्यक्तिलाई कसरी दोषी करार गर्न सक्नुहुन्छ । संसदीय छानबिन समितिले काम गरिरहेको बेलामा कसरी यस्तो भन्न पाइन्छ । उहाँले संसदीय मान्यता मान्नु पर्दैन । समितिले निर्णय दिन बाँकी छ । उहाँले पैसा फर्काउन पर्दैन भन्ने आधार के हो ?’

Comments

One response to “एमाले सांसदले रवि लामिछानेलाई सहकारी ठगीमा दोषी करार गरेको भन्दै रास्वपाको आपत्ति (भिडिओ)”

  1. suresh sharma Avatar
    suresh sharma

    ठग लाई ठग भनेर ठिकै भने ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *