कुलमान घिसिङविरुद्ध रमेश खरेलले अख्तियारमा दिए उजुरी

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध भ्रष्टाचार गरेको भन्दै उजुरी दिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनले उजुरी गरेका हुन् । नेपाल प्रेससँग कुरा गर्दै खरेलले कुलमानविरुद्ध प्रमाणसहित उजुरी दिएको बताए ।

घिसिङले राज्यलाई करोडौं रुपैयाँ घाटा हुने गरी पीपीए गरेको खरेलले उजुरीमा उल्लेख गरेका छन् । ६६ वटा कम्पनीसँग पीपीए गर्दा कानून मिचिएको र त्यसले राज्यलाई १ करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व घाटा भएको खरेलको दाबी छ ।

ऊर्जा उत्पादक कम्पनीसँग विद्युत खरिदका लागि पीपीए गर्दा उक्त घोटाला भएको उजुरीमा उल्लेख छ । विद्युत नियमन आयोगको स्वीकृति लिँदा आयोगलाई शुल्क बुझाउनुपर्नेमा विनास्वीकृति पीपीए गरेर राज्यलाई घाटा पु¥याउने काम भएको दाबी गरिएको छ ।

यस्तै घिसिङले प्राधिकरणलाई नक्कली नाफामा देखाएको पनि उजुरीमा उल्लेख छ ।

Comments

7 responses to “कुलमान घिसिङविरुद्ध रमेश खरेलले अख्तियारमा दिए उजुरी”

  1. bharat kumar thapa Avatar
    bharat kumar thapa

    रमेश खरेल पनि अनावश्यक भौमान हुन तर कुलमान विरूद्ध जुन विषयमा अख्तियारमा जादैछन यो विषय राम्रो हो कुलमान नया भौमान भ्रष्ट माओवादी प्यादा अराजक दाजुभाइ को नाममा अर्वौ भष्ट्रभार गरेको पैसा कम्पनी खडा गरेर जम्मा गरेका छन् रे उनलाई राज्यकोषबाट अपचलन केस मात्र होइन अपर तामाक रू३५ अर्वबाट रू९९ अरव लगभग खर्च गरि राज्यलाई घाटा पारेकाले अख्तियारले पनि विभिन्न विषयमा अनुसन्धान गरि कारबाही गरे हुन्छ

  2. एडि राई Avatar
    एडि राई

    हे भगवान् ! धमिराहरुले देश सिध्याइसके । चुर बनेर एकदुईजनाले राष्ट्रको हितमा मरिमेट्दै गर्दापनि कतिसाह्रो आँखा लागेको ?

  3. Mukti Ram Subedi Avatar
    Mukti Ram Subedi

    सबै लाग कुलमान विरुद्ध जस्ले केही गर्छ उस्को घाँटी निम‍‍ोठ । देशमा यस्ता प्रवृत्तिका मान्छे छन् अनि कसरी नेपाली नेपालमा बस्न सक्छन् र ?

    1. भोज जि Avatar
      भोज जि

      डेडिकेडेड र ट्रन्क लाइन मा महालेखा प्रमुख लाई पनि कारवाही हुनु पर्छ। कुलमान पनि उस्तै पैसा आउनी न आउनी ठेगान छैन महालेखा को रिपिर्ट को आधार मा आम्दानी बाधेर कर तिर्न कति हतार गरेको।

  4. बिष्णु शाह Avatar
    बिष्णु शाह

    कुलमानको बिरोध गर्नेहरु सबै देश द्रोही हुन् यी सबैलाई जेल कोच्नु पर्छ । खाए होलान् केही, मह काड्नेले हात चाट्छ । काम पनि गरेर देखाएका छन् नी । यहाँ सिन्को नभाँची देशै चुर्लुम्मै डुबाउनेको चाहिँ किन तलुवा चाटिरहन्छौ हे भतुवाहरु !!!????👊

  5. Sunil Gautam Avatar
    Sunil Gautam

    उसै त खरेल अभागी खप्पर वाला मान्छे हो अब कुलमान जत्तिको लोकप्रिय व्यक्तित्व माथि जाबो १ करोडको मुद्दा लगाएर झण्डै सखाप नैं हुने भयौ । त्यो कुलमानले भ्रष्टाचार गर्न चाहेमा एक दुई करोड होइन एक दुई अर्ब खर्ब भ्रष्टाचार गर्न सक्ने ठाउँमा छ यार । जात हाल्नु गहतको झोलमा भने जस्तो त्यति नाथे पैसामा इज्जत बेच्लान र घिसिङले??

  6. Vir Gorkhali Avatar
    Vir Gorkhali

    यो खरेल आफु मात्रै कति इमान्दार र स्वच्छ छबि का हुन् र? पर्साको एसपी हुँदा तस्करहरु समातेको र त्यसको लागि सुराकी भत्ता आफ्नै गृहिणी पत्नीलाई दिलायको भनेर भ्रस्टाचारमा बदनाम भयको त होनी! यिनले रास्वपा पार्टी बाट उम्मेदवार भयर हारेको त होनी!यिनी साँचैको असल व्यक्ति भयको भय घन्टीको लहर चलेको बेलामा पनि किन नजितेको त?

    यिनले अरबौं अरब भ्रस्टाचार गर्ने ओली, प्रचण्ड र देउपा (देउवा होइन) को विभिन्न कुख्यात भ्रस्टाचार काण्डहरु पट्टि चाहिं आँखा चिम्लेर बिचरा उज्यालोका नायक कुलमान घिसिङ्ग प्रति जातिगत द्वेष राखेर अख्तियारमा अप्रमाणित र प्रमाण विनाको उजुरी दियर नेपाललाइ जातिगत द्वन्दको आगोमा होम्ने ठुलो षड्यन्त्र गरेका छन्! किनकि यी बाहुन र क्षेत्रि नेताहरु खस आर्यका व्यक्तिहरुलाइ मात्र नियुक्ति गरेर माथि तानेर सम्पन्न गर्न चाहन्छन! यो विभेद हरेक राजनीतिक र प्रशानिक नियुक्तिहरुमा ८०% भन्दा बढी खस आर्य नै हुन्छन! यी जातीभेदी खरेल, ओलीहरु वास्तवमा जातगत विभेदमा परेका र इमान्दार भय पनि कुलमान प्रति शुरु देखि नै अनुदार थिय र छन!

    यी खरेल साँचैको इमान्दार भयको भय सबै नेता, सांसद, कर्मचारी, न्यायाधिश, व्यापारीहरुको अस्वाभाविक धनाध्यपनको छानबिनको लागिसम्पति शुध्दिकरण को मुद्दा पो त लगाउनु पर्थ्यो र अरबौंको महसुल नतिरेर १०% कमिस्सन माता बुझायर राज्यलाई ठग्ने उद्योगि/व्यापारीहरु विरुद्ध मुद्दा लगाउनु पर्थ्यो ! अब यिनले नेपालमा जातिगत द्वन्द सल्काई सकेका छन्! यसै पनि सतिको सराप लागेर सम्रिध्द र वास्तविक रुमा स्वतन्त्र हुन् नसकेको नेपाललाइ खरानी बनाउने यिनको षड्यन्त्र अमेरिकाबाट आयको डल्लरको प्रभाब हुनुपर्छ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *