गृहमन्त्रीलाई गगन थापाको आग्रह- रवि लामिछाने संलग्न सहकारी ठगीको फाइल खोल्नुस् (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रमेश लेखकलाई रास्वपा सभापति रवि लामिछाने संलग्न सहकारी ठगीको फाइल खोल्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै जो जतिसुुकै शक्तिशाली भएपनि सहकारी ठगलाई छानविन गर्नेपर्ने बताए ।

अहिलेको गृहमन्त्रीले रवि लामिछानेको नाम नै किटेर एक करोड जम्मा गरेको देखिएको बताएको स्मरण गरे ।

उनले भने, ‘माघ २२ गते पीडितहरुले जाहेरी दिन गए। प्रहरील लियो पनि। पुरानै जाहेरी भएकाले पूरक भनिदियो । पछि गृहमन्त्री भएपछि जाहेरिनै होइन भन्नुभयो । त्यसकारण रमेश लेखकले यो प्रमाण हो भन्नुभएको थियो । अहिले उहाँ सरकारतिर पुग्नुभएको छ। सरकार फेरियो कुरा फेरिन्छ? फेरिन्न। यो सदनमा हामी पनि छौं ।’

उनले गिरीबन्धु टिस्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, विद्युतको महसुलको बिषयमा पनि सरकारले स्पष्ट पार्नुपर्ने बताए । उनले सबै प्रकरणमा छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *