रास्वपा सांसद ढकालले बोल्दा सभामुखले माइक काटेपछि विपक्षी दलको आपत्ति (भिडिओ)

काठमाडौं । रास्वपा सांसद हरि ढकाललाई सभामुख देवराज घिमिरेले बोल्न रोकेपछि विपक्षी दलले आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्ने क्रममा सांसद ढकालले विद्युत महसुलको विषयमा बोल्न थालेपछि सभामुखले माइक काटेका थिए।

सभामुखले सांसद ढकाललाई बोल्न रोकपछि रास्वपा, राप्रपासहित विपक्षी दलको नेताहरूले उठेर विरोध जनाए।

सभामुखले विषय केन्द्रित भएर नबोलेको भन्दै सभामुखले रोकेका थिए। त्यसपछि सभामुख घिमिरेले रास्वपा सभापति रवि लामिछानेलाई दुई मिनेटको बोल्न समय दिए। उनले सांसद ढकाललाई बोल्न रोकेको प्रति आपत्ति जनाए।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सांसदलाई यो बोल्न पाइन्छ त्यो पाइँदैन भन्ने कुरा आफूहरूलाई मान्य नहुने बताए।

उनले भने, ‘जनताका प्रतिनिधिले आफ्ना कुरा राख्छन्। संविधान र संसदको नियमावली विपरीत भयो भने सभामुखले रोक्ने आफ्नो ठाउँमा छ। तर यो विषय बोल्न पाइँदैन भन्ने कुरा मान्य हुँदैन। सांसदको विशेष अधिकारलाई नियन्त्रण गर्ने कुरा मान्दैनौँ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *