बङ्गलादेशी हिन्दू किशोरीले गाएको हिन्दूमाथिको हमलाको गीत भाइरल (भिडिओ)

काठमाडौँ । गत साउन २१ मा शेख हसिना भागेर भारत शरणमा आएपछि बङ्गलादेशमा भएका हिन्दू अल्पसंख्यकहरुमाथि हिंसा बढेको छ ।

हत्या, आगजनी, लुटपाट तथा अपहरण भएको विश्व हिन्दू महासंघ बङ्गलादेश शाखा तथा विभिन्न मिडिया तथा सोसल मिडियाहरूले देखाइरहेका छन् ।

भारतले हिन्दू अल्पसङ्ख्यकको दमनविरुद्ध बोलिरहेको छ भने ढाकामा भएका युरोपेली संघका कूटनीतिज्ञहरूले पनि अल्पसङ्ख्यकमा दमन तथा हिंसा भएको भन्दै चासो र चिन्ता प्रकट गरिसकेका छन् ।

यसै क्रममा अहिले सामाजिक सञ्जालमा एक बङ्गाली हिन्दू किशोरीले गाएको गीत चर्चित बनेको छ । बङ्गाली भाषामा गाइएको उनको गीतका शब्द यस्ता छन् :

देश की तिम्रो एक्लै हो र गर्छौ झोलाखोला
मौका छोपी गर्छौ किन हिन्दू माथि हमला
विचार गर हिन्दूले पनि देश बचाएका थिए
देश बचाउन हिन्दूले पनि रगत बगाएका थिए
अनि धर्मका लागि यस्तो किन झमेला
हो देशवासी बन्द गर हिन्दू माथि हमला

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *