राज्यका निकायमा दलितलाई बेवास्ता गरिएको भन्दै माइतीघरमा हातखुट्टामा नेल लगाएर धर्ना

काठमाडौं । सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलितलाई गरिएको घृणा विरुद्ध हातखुट्टामा नेल लगाएर माइतिघरमा धर्ना सुरु भएको छ । दलितका लागि दलित अभियान नेपालको समन्वयमा अभियानका संयोजक खगेन्द्र सुनार सहितका युवाले बुधबारदेखि माइतीघर मण्डलामा हात खुट्टामा नेल लगाएर धर्ना सुरु भएको हो ।

राज्यका हरेक निकायमा सामाजिक रुपमा पछाडी पारिएका, राजनीतिक रुपमा प्रतिनिधित्व विहिन भएका समुदाय, वर्गको उत्थानको लागि गरिएको संवैधानिक र कानूनी अधिकारलाई बेवास्ता गर्दै तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार र वर्तमान कॉंग्रेस एमाले सहितको केपी शर्मा ओली नेतृत्वको गठबन्धनको सरकारले दलित समुदायमाथीको घृणा विरुद्ध नेल लगाएर धर्ना सुरु गरिएको अभियानका संयोजक सुनारले बताए ।

उनले भने, ‘करिव १४ प्रतिशत जनसंख्या रहेको दलित समुदायको उपेक्षा गर्दै सरकार गठन, राजनीतिक नियुक्ति आरक्षण, समानुपातिक समावेशी व्यवस्था तथा दलित समुदायको विरुद्ध भएकाले विभिन्न माग सहित, हात खुट्टामा नेल लगाई अनिश्चितकालिन धर्ना सुरु गरेका छौ ।’

Comments

One response to “राज्यका निकायमा दलितलाई बेवास्ता गरिएको भन्दै माइतीघरमा हातखुट्टामा नेल लगाएर धर्ना”

  1. ksp pyl Avatar
    ksp pyl

    पश्चिमाको दाम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *