काभा भलिबल: भारतसँग पराजित हुँदा नेपाल उपाधी चुम्न असफल

काठमाडौं । घरेलु टोली नेपाललाई हराउँदै भारतले काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा जारी खेलमा नेपाललाई ३-२ सेटले पराजित गर्दै भारतले काभा भलिबलको उपाधि जितेको हो । पाचौं सेटमा भारतले १५-५ ले जित निकाल्यो ।

पहिलो सेट २५-२३ ले जित निकालेको नेपालले दोस्रो सेट १४-२५ ले गुमाएको थियो । तेस्रो सेटमा २५-२२ ले जित हासिल गरेपनि नेपालले अग्रता जोगाउन सकेन ।

चौथो सेटमा भारतले २५-२१ ले जित निकाल्दा खेल पाचौं सेटमा धकेलिएको थियो । पाँचौ सेटमा सुरुदेखि नै अग्रता लिदै भारतले उपाधि रक्षा गर्‍यो।

 

Comments

One response to “काभा भलिबल: भारतसँग पराजित हुँदा नेपाल उपाधी चुम्न असफल”

  1. ksp pyl Avatar
    ksp pyl

    नेपालको सधैं यस्तै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *