बंगलादेशमा हिन्दू अल्पसंख्यकमाथि भएको हिंसामा युरोपेली कूटनीतिज्ञहरु चिन्तित

काठमाडौँ । बंगलादेशका अल्पसंख्यक खासगरी हिन्दू समुदायमाथि भएको हिंसाको बारेमा बंगलादेशमा भएका युरोपेली देशका कूटनीतिज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

बंगलादेशको अखबार डेली स्टारका अनुसार हिन्दू समुदायको घर, मन्दिर तथा व्यापारहरुमा आगजनी गरिएकोमा उनीहरुले चिन्ता प्रकट गरेका हुन् ।

डेली स्टारका अनुसार बंगलादेशका चर्चित हिन्दू संगीतकार राहुल आनन्दको घरसमेत जलाइएको छ । हिन्दू समुदायमाथि भएको हिंसाबारेमा युरोपेली कूटनीतिज्ञहरुले आफ्नो आधिकारिक सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘धार्मिक तथा अन्य अल्पसंख्यकहरुको घर तथा पूजास्थलमा भएको बहुआक्रमणका रिपोर्टहरु आइरहेकोमा बंगलादेशमा भएका युरोपेली संघका मिसन प्रमुखहरु चिन्तित भएका छौं ।’

यूरोपेली कूटनीतिज्ञहरुले आन्दोलनको नेतृत्वकर्ताहरुले गरेको कदमलाई भने तारिफ गरेर सबैलाई संयम हुन आग्रह गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *