सिनामंगलमा गेस्ट हाउसमा महिला र पुरुष मृत फेला

काठमाडौं। काठमाडौंको सिनामंगलस्थित एक गेस्ट हाउसको कोठाभित्र महिला र पुरुष मृत फेला परेका छन्।

काठमाडौं प्रहरी परिसर प्रवक्ता नवराज अधिकारीले झर्ना गेस्ट हाउसमा बाजुराको त्रिवेणी-४ का २३ वर्षीय भरत बहादुर सार्की र अन्दाजी २० वर्षीया करिश्मा सार्की मृत भेटिएको बताए।

प्रहरिका अनुसार करिश्मा घाँटी काटिएको अवस्थामा र भरत सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा फेला परेका हुन्। उनीहरु साउन १५ देखि उक्त गेस्ट हाउसमा बस्दै आएका थिए।

शुक्रबार दिउँसोसम्म खाना खान नउठेपछि बन्द कोठा खोल्न प्रहरी पुगेको थियो। प्रहरीका अनुसार भरत र करिश्मा हाडनाता सम्बन्धका हुन्। भरत भारतमा काम गर्दै आएका थिए भने करिश्मा गाउँमा बसेर पढ्दै आएकी थिइन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *